Sunday, August 20, 2017

वाङ्मय शताब्दी पुरुष जोशीलाई सम्मान गरिने

काठमाडौँ, ४ भदौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मङ्गलबार सम्मान गर्ने भएको छ ।

सरकारले ९८ वर्षीय जोशीलाई गत वैशाख २१ गते मन्त्रिपरिषद् बैठकबाट सो उपाधि दिने घोषणा गरिसकेको छ । सोही समारोहमा राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार, पुष्पलाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र महाकवि देवकोटा पुरस्कार विभिन्न व्यक्तित्वलाई प्रदान गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts