Saturday, August 12, 2017

स्व छाँगाका दुई ‘यात्राकाव्य’ विमोचित

काठमाडौँ, २९ साउन । शिक्षासेवी एवं कवि ठाकुरप्रसाद छाँगाको छैटौँ स्मृति दिवसका अवसरमा उहाँद्वारा लेखिएका ‘लण्डन आइबाट’ र ‘नायग्रा ः छाँगा’ काव्य लोकार्पण गरिएको छ ।

विसं २०६९ मा बेलायत र क्यानाडाको भ्रमण गरी स्वदेश फर्केपछि उहाँले ती दुवै यात्रा काव्य लेख्नुभएको थियो । छाँगा परिवारले ती पुस्तकलाई प्रकाशन गरेको हो ।

तीर्थ स्मृति प्रतिष्ठानले शनिवार यहाँ आयोजना गरेको स्मृतिसभामा संस्कृतिविद् डा जगमान गुरुङले ती पुस्तकको विमोचन गर्दै मुलुकको लोकसंस्कृतिमा लमजुङका स्रष्टाहरुले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

सो अवसरमा प्रतिष्ठानले संस्कृतिविद् गुरुङलाई सम्मानसमेत गरेको थियो ।

स्व छाँगाकी धर्मपत्नी पार्वती अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने, मस्र्यांङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष मुकुन्द पथिक, साहित्यकारहरु डा बमबहादुर थापा ‘जिताली’, ईश्वरीप्रसाद न्यौपाने, भाग्यशाली अधिकारी, डा जीवन अधिकारी तथा डा प्रतीक अधिकारीले स्व छाँगाले नेपाली र अंग्रेजी भाषा र साहित्य क्षेत्रमा विशेष दख्खल राख्नुभएको बताउनुभयो । कवि छाँगाको २०६९ साउनमा मृत्यु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts