Tuesday, August 1, 2017

कोठामा मृत अवस्थामा फेला

पोखरा, १८ साउन । पोखरा लेखनाथ महानगरपालिका–१७ आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका पर्वत जिल्ला घर भन्ने बुझिएका लगभग ५८ वर्षका लिलाबहादुर कुँवर मंगलबार मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

सोमबार साँझ खाना खाएर सुतेका गुरुङ बिहान अबेरसम्म नउठेपछि घरधनीले प्रहरीलाई जानकारी गराउनुभएको थियो ।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
––––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts