आफ्नो नेतृत्वको मन्त्रिमण्डल बिस्तार गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रले सिफारिस गरेका ८ जना राज्य मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।
लामो समयदेखि चर्चामा रहेर पनि नियुक्त नभएका राज्यमन्त्रीहरुको अन्तिम नामावली माओवादी केन्द्रले पठाएपछि प्रम देउवाले उनीहरुलाई राज्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । नयाँ बिस्तारसँगै मन्त्रि मण्डलको संख्या ३१ पुगेको छ ।
आइतबार नियुक्त राज्यमन्त्रीहरुमा मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) रहेका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस तथा सरकारमा सहभागी फोरम लोकतान्त्रिकले भने अझै राज्यमन्त्रीमा पठाउनेहरुको नामावली टुंगो लगाएको छैन ।
No comments:
Post a Comment