Sunday, August 20, 2017

सञ्चार क्षेत्रको भूमिका देशले अझ बढी चाहेको छ प्रम देउवा

नयाँ संविधान जारी पश्चात् सुधारको दिशामा रहेको लोकतान्त्रिक गणतन्त्रको अझ बढी सुदृढिकरणका लागि मुलुकका लागि सञ्चार क्षेत्रको अझ बढी भूमिका अपरिहार्य रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

‘व्यावसायिक पत्रकारिताको आधार(प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ आइतबारदेखि राजधानीमा शुरु नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै प्रम देउवाले उक्त कुरा बताएका हुन् ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रम देउवाले बिभिन्न कालखण्डलमा देशमा भएका सबैखाले परिवर्तनहरुमा सञ्चार जगतको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अब देशलाई नयाँ दिशामा लैजान पनि यस क्षेत्रको योगदान अपरिहार्य रहेको बताए । उनले अगाडि बताए वर्तमान संविधानले अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको हक प्रत्याभूत गरेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुका साथै आमसञ्चार नीति कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै स्वतन्त्रताको नाममा पत्रकारिता जगतको मर्यादालाई भने भुल्न नहुने कुरामा जोड दिए ।
कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत र माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषालले समेत शुभकामना मन्तव्य दिएका थिए ।
दुई दिन सम्म चल्ने उक्त महाधिवेशनले आगामी ३ वर्षका लागि ४५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । फोटोः अनलाईन खबर

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts