इटहरी, १४ भदौ । चारुमती बुद्धिष्ट मिसन नेपाल र चारुमती बुद्ध विहारको सक्रियतामा आज इटहरी उपमहानगरपालिकाका विभिन्न वडाका बाढीपीडित र विस्थापित १०० परिवारलाई राहत सामग्री वितरण गरियो ।
चारुमती बृद्धिष्ट मिसनका संस्थापक अध्यक्ष भिक्षु तपश्वी धम्म, अन्य भिक्षु र इटहरीका स्थानीय तामाङ समुदायका अगुवाको सक्रियतामा बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा भाँडावर्तनलगायतका आधारभूत सामग्री वितरण गरिएको कल्पना सिङ्घक र डम्बर तामाङले जानकारी दिनुभयो ।
विशेषगरी इटहरीको बूढीगंगा नदीको दायाँबायाँ बसोबास गर्दै आएका बाढीपीडित तथा विस्थापितलाई इटहरी उपमहानगर र स्थानीय प्रशासनसमेतको आग्रहमा आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको हो । रासस
No comments:
Post a Comment