Saturday, August 12, 2017

झापामा बाढीबाट चारजनाको मृत्यु

झापा, २८ साउन । झापामा अविरल वर्षाका कारण आज चारजनाको ज्यान गएको छ ।

बाढीले बगाउँदा ज्यान जानेमा झापा गाउँपालिका–२ का धनमाया गार्साने, शिवसताक्षी नगरपालिका–१ का विजय पाण्डे, कचनाकवल–३ का राम राजवंशी र झापा गाउँपालिका–३ की कमला दर्लामीको ज्यान गएको छ ।

बाढीबाट जिल्लाको दक्षिणी भाग बढी प्रभावित भएको छ । कन्काई, विरिङखोला, निन्दाखोला, मेची नदी र कमल खोलामा आएको बाढीले एक हजार २४९ घर डुवानमा परेका छन् ।

अहिले पनि अविरल वर्षा भइरहेका कारण बाढीको सतह अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

नदी आसपासका क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने प्रयास भएपनि खराब मौसमका कारण त्यो हुन नसकेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts