Saturday, August 12, 2017

युवा दिवसमा प्रभातफेरी

काठमाडौँ, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसमा अवसरमा आज यहाँ प्रभातफेरी आयोजना गरिएको छ ।
राष्ट्रिय युवा परिषद्सहित विभिन्न संस्थाको आयोजनामा ‘शान्ति र समृद्धिमा युवा’ (युथ बिल्डिङ पिस) भन्ने नारासहित भृकुटीमण्डपबाट सुरु भएको पदयात्रा शहीदढोका पुगी पुनः राष्ट्रिय सभागृह फर्किएर टुङ्गिएको थियो । पानीका कारण पदयात्राको मार्ग छोट्याइएको थियो ।
पदयात्राको थालनी युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गर्नुभएको थियो । पदयात्रामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल र विभिन्न युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि सहभागी हुनुभएको थियो । सन् १९९९ अगष्ट १२ मा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि सन् २००० देखि विश्वव्यापी रुपमा सो दिवस मनाउँदै आइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts