Saturday, August 26, 2017

चट्याङ लागेर दुईजनाको मृत्यु

सोलुखुम्बु, १० भदौ । दूधकौशीका गाउँपालिका–४ जुवुमा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ ।

आज दिउँसो परेको चट्याङबाट जुवुका पर्शुराम तामाङको १४ वर्र्षीय छोरा सन्दिप र ईन्द्रबहादुर तामाङका १० वर्षीय छोरा विमलको ज्यान गएको स्थानीय भानुभक्त उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै, चट्याङ लागेर स्थानीय ३५ वर्षीय अर्जुन तामाङ घाइते भएको प्रहरी चौकी, जुवु सुकेपोखरीका इन्चार्ज सहायक प्रहरी निरीक्षक हरि खड्काले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts