Saturday, August 26, 2017

प्रतिभा भएका व्यक्तिको आवश्यकताः मन्त्री बस्नेत

ललितपुर, १० भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले देशको उन्नति र प्रगति गर्नसक्ने खालको प्रतिभा भएका व्यक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

नेप्लिज फेशन होमद्वारा आज यहाँ आयोजित मास्टर स्टार–२०१७ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आफूसँग रहेको प्रतिभालाई बाहिर ल्याउन मञ्चको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले धेरै प्रतिस्पर्धीबाट छनोट हुन सफल भएका व्यक्ति नै देशको विकास गर्न सफल हुने बताउनुभयो ।

अहिलेको समय ‘पचास प्रतिशत मानिसले बोलेर र पचास प्रतिशतले गरेर’ खाने जमाना रहेको उहाँको भनाइ थियो । मास्टर स्टार–२०१७ मा १४ वटा विद्यालयबाट १४ जना छात्र सहभागी रहेको होमका अध्यक्ष हेमा मानन्धरले बताउनुभयो । उक्त प्रतिस्पर्धामा भाग लिने छात्र नौ देखि १३ वर्ष उमेर समूहका रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts