त्रिशूली(नुवाकोट), २३ साउन । जिल्ला समन्वय समितिको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ ।
नेपाली कांग्रेस र एमाले–माओवादी गठवन्धनले जिससका लागि उम्मेदवार दर्ता गराएको हो । कांगे्रसको एकल बहुमत रहेको नुवाकोटमा कांग्रेसले प्रमुखमा तादी गाउँपालिका–४ का सदस्य सन्तमान तामाङ र उपप्रमुखमा ककनी गाउँपालिकाका पदमराज पौडेल तथा सदस्यमा शिवपुरी गाउँपालिकाका रामसिंह तामाङ, पञ्चकन्या गाउँपालिकाका अभिनव फुयाँल, विदुर नगरपालिका–१ का गणेश शाही, तारकेश्वर गापाकी सुविना प्रधान, शिवपुरी गापाकी अप्सरा थापा, दुप्चेश्वर गापाकी मैयाँ शेर्पिनी र विदुर– १३ की धनमाया तामाङलाई उम्मेदवारीमा मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले गठबन्धन गरी उम्मेदवार उठाएका छन् । प्रमुखसहित पाँच एमालेबाट र उपप्रमुखसहित चार माओवादी केन्द्रबाट उम्मेदवार छन् ।
एमाले माओवादी गठबन्धनबाट प्रमुखमा बेलकोटगढी–६ का सदस्य रामहरि घिमिरे र उपप्रमुखमा विदुर–७ का सदस्य विष्णुबहादुर बोगटीको उम्मेदवारी दर्ता भएको छ । सदस्यमा तारकेश्वर गापाका नारायण रिमाल र विक्रम गुरुङ, ककनी गापाका बहादुर घले र मीनुकुमारी तामाङ, बेलकोटगढीका नवीन पुडासैनी र सरस्वती उप्रेती तथा पञ्चकन्याकी शर्मिला तामाङको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत महिमानसिंह विष्टले जानकारी दिनुभयो ।
जिससको निर्वाचनका लागि १२ स्थानीय तहका प्रमुख र उप्रप्रमुख गरी २४ मतदाता छन् । तिनमा १४ कांग्रेसको तथा छ एमाले र चार माओवादीका मत छन् । यही साउन २९ गते जिससको निर्वाचन हुँदैछ । रासस
Monday, August 7, 2017
जिससमा उम्मेदवारी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment