Wednesday, August 16, 2017

अग्रज पत्रकार गौतम पुरस्कृत

इलाम, १ भदौ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कारबाट इलामका अग्रज पत्रकार धर्म गौतम पुरस्कृत हुनुभएको छ ।

श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले पत्रकार गौतमलाई रु ११ हजार १११ राशिको पुरस्कार प्रदान गरेको हो । साहित्यकार माधव भण्डारीले सोमबार एक कार्यक्रमबीच गौतमलाई पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल पत्रकार महासंघ, इलामका संस्थापक सभापति समेत रहनुभएका गौतम विगत चार दशकयता पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँ स्थानीय रेडियोमा विभिन्न कार्यक्रम सञ्चालन तथा दैनिक पत्रिकामा नियमित स्तम्भसमेत लेख्नुहुन्छ । गुठीले मेची अञ्चलमा इलाममा रही लामोसमयसम्म पत्रकार गर्नुभएकोमा सो पुरस्कार प्रदान गरिएको जनाएको छ ।

गुठीका अध्यक्ष तोयानाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा प्राध्यापक भण्डारी, पूर्व क्याम्पस प्रमुख युद्धप्रसाद वैद्य, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कोमल निरौला, महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्राध्यापक केशबहादुर राई, पत्रकार डा देवी क्षेत्री दुलाललगायतले गौतमले पत्रकारितामा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts