Monday, August 28, 2017

हाइसको ठक्करबाट एकको मृत्यु, चार घाइते

स्याङ्जा (वालिङ), १२ भदौ । स्याङ्जाको वालिङ– ९ भूम्रेमा आज विहान हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग १ ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो ।

बिहान ९.३० बजे ओरालोबाटोमा हाइसको ब्रेक फेल भएर भएको सो दुर्घटनामा परी वालिङ– ९ का ५५ वर्षीय बद्री श्रेष्ठ, १३ वर्षीया निर्जला श्रेष्ठ, २८ वर्षीय लोकप्रसाद कुमाल र १८ वर्षीय अर्जुन कुमाल घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts