Monday, August 28, 2017

स्वास्थ्य चौकीलाई उपकरण प्रदान

बनियानी (झापा), १२ भदौ । सांसद उषा गुरुङले स्वास्थ्य चौकी बाहनडाँगीलाई स्वास्थ्य उपकरण प्रदान गर्नुभएको छ ।

मेचीनगर–४ स्थित उक्त स्वास्थ्य चौकीलाई रू ६० हजार मूल्य बराबरको डेलिभेरी कण्डक्टिङ बेड, ह्बिल चियर, डेटल सेट एक÷एक थान र थर्मोमिटर दश थान उहाँले प्रदान गर्नुभएको हो ।

वडा अध्यक्ष नवीन बरालमार्फत आज एक कार्यक्रमबीच उहाँले उक्त सामग्री प्रदान गर्नुभएको छ । स्वास्थ्य चौकीले मेचीनगर नगरपालिका– १,२,३ र ४ का बासिन्दालाई सेवा प्रदान गर्दै आएको चौकीका अहेब याम अधिकारीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts