काठमाडौँ, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गर्नुभयो ।
अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न र त्यस निम्ति स्काउट, राष्ट्रिय सेवा दल, सामुदायिक संघसंस्था र निजी क्षेत्रलाई परिचालन गर्न आग्रह गर्नुभयो ।
साथै राष्ट्रपतिले विपद् व्यवस्थापनका लागि तत्कालीन एवं दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिँदै भविष्यमा यस्ता प्राकृतिक विपत्तिका बेला सजग र सर्तक रहन आवश्यक पर्ने उपाय अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाउनुभएको थियो । रासस
Tuesday, August 15, 2017
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment