Saturday, August 19, 2017

तराईका बाढीपीडितका लागि रु चार लाख राहत संकलन

पोखरा, ४ भदौ । तराईका बाढीपीडितका लागि पोखराका विभिन्न संघसंस्थाले रु चार लाख १८ हजार नगद राहत संकलन गरेका छन् ।

पश्चिमाञ्चल होटल संघले रु एक लाख ५० हजार नगद संकलन गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । संघका तर्पmबाट थप रु ५१ हजार होटल व्यवसायीबाट संकलन गरिएको थियो ।

त्यस्तै पोखरा उद्योग वाणिज्य संघले रु एक लाख ५६ हजारभन्दा बढी राहत संकलन गरेको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो । संघले रु एक लाखको बाढीपीडित राहत कोष स्थापना गरेपछि बाँकी विभिन्न उद्यमी तथा व्यवसायीले सहयोग गर्नुभएको थियो ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न क्याम्पसमा पुगेर रु एक लाख १२ हजार राहत संकलन गरेको राहत संकलन अभियानका संयोजक विवेक देवकोटाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts