Saturday, August 19, 2017

कर्मचारीद्वारा बाढीपीडितलाई रु डेढ लाख राहत संकलन

भीमदत्तनगर, ३ भदौ । कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ ।
निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको जानकारी दिनुभयो ।
उहाँले हालसम्म रु डेढ लाख संकलन भइसकेको जानकारी दिँदै संकलित राहत रकम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts