काठमाडौँ, २४ साउन । संसदीय समितिका सभापतिहरुले सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका विषय निर्धारण गर्दा नै भ्रष्टाचार हुने भएकाले पूर्वाधार विकास निर्माण प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।
सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले संसदीय अभ्यास भएका देशमा सरकारी काम कारबाहीको सरोकार राख्न संसदीय समिति अपरिहार्य रहेकाले यसलाई कुनै पनि वाहनामा निस्कृय बनाउन नहुनेमा जोड दिनुभयो ।
व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले मुलुकको विकास निर्माणमा संसदीय समितिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले पूर्वाधार निर्माणमा हुनसक्ने अनियमिततालाई रोक्न आफ्नो समिति क्रियाशील रहेको बताउनुभयो ।
उपभोक्ता हित संरक्षण उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले कालोबजारी नियन्त्रण गरी गुणस्तरीय उत्पादन उपभोक्तासम्म पु¥याउन विभिन्न स्थानमा नियमन तथा अनुगमन गरी केहीलाई कारबाहीका लागि सिफारिस गरिएको बताउनुभयो ।
महालेखा परीक्षक टंकमणि शर्माले आगामी दशैँसम्म ३१ जिल्लाका सबै निकायमा लेखा परीक्षण सम्पन्न गर्ने बताउँदै चैतभित्र देशभर सो कार्य सम्पन्न गरिने जानकारी दिनुभयो ।
संविधानविद् डा भीमार्जुन आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईं र पत्रकार विकास थापाले मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचारजन्य कार्य बाधक भएको बताउँदै यसको न्यूनीकरणका लागि समितिको निगरानीको खाँचो औँल्याउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment