रामपुर (पाल्पा), २४ साउन । जिल्ला समन्वय समिति पाल्पामा एमाले समूह विजयी भएका छन् ।
समितिको आज भएको निर्वाचनमा दयाराज बस्याल प्रमुखमा विजयी हुनुभएको हो । त्यस्तै उपप्रमुखमा मीरा मरासिनी, खुल्ला सदस्यमा ईश्वरीप्रसाद न्यौपाने, तुलबहादुर गाहा, भेषबहादुर वंशी विजयी हुनुभएका छन् ।
यसैगरी दलित अल्पसंख्यक सदस्यमा होमप्रसाद ठडराई तथा तीन महिला सदस्यमा इन्द्रकुमारी गाहा चिदी, कमला थापा र खरागती राना भने पहिले नै निर्र्विरोध निर्वाचित भइसक्नुभएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सुर्वण खनालले जानकारी दिनुभयो ।
निर्वाचनमा एमालेका पक्षमा १३ र काँग्रेसका पक्षमा ७ मत खसेको थियो । रासस
No comments:
Post a Comment