Wednesday, August 16, 2017

ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर हुने

पोखरा, १ भदौ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा आज ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’(शैक्षिक मेला) हुने भएको छ ।

शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिनुभयो ।

होटल बाराही लेकसाइडमा हुने फेयरमा अष्ट्रेलियाका १० वटा विश्वविद्यालय तथा क्याम्पसको प्रतिनिधित्व रहने छ ।

थापाका अनुसार उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । “फेयरमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरले परामर्श प्रदान गर्नेछन्,” उहाँले भन्नुभयो, “उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी हुने विश्वास लिएका छौँ ।”

अष्टे«लियाको उच्च शिक्षासम्बन्धी सम्पूर्ण जानकारी फेयरबाट विद्यार्थीलाई प्रदान गरिने एक्सपर्ट मेल्वर्न, अष्ट्रेलियाका निर्देशक सरोजकुमार शर्माले बताउनुभयो ।

बाढी पीडितलाई रु पाँच लाख सहयोग

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसअन्तर्गतको एक्सपर्ट फाउण्डेसनमार्फत बाढीपीडितको राहतका लागि रु पाँच लाख सहयोगको घोषणा गरिएको छ ।

एक्सपर्ट पोखराका निर्देशक थापाका अनुसार तराई क्षेत्रमा गएको बाढीले नेपाली पीडामा परेकाले थोरै भए पनि राहत पु¥याउने उद्देश्यले उक्त सहयोग प्रदान गर्न लागिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts