Saturday, August 12, 2017

युवा सशक्तीकरणको खाँचो छ : उपप्रमुख श्रेष्ठ

काठमाडौँ, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित दौड प्रतियोगितामा विशाल तामाङ प्रथम भएका छन् ।

बल्खुबाट चोभारसम्म भएको सो प्रतियोगितामा नीरज श्रेष्ठ र अमृत श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

कुमारी क्लबले आयोजना गरेको सो प्रतियोगिताको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले खेलकुद क्षेत्रले मानिसलाई स्वच्छ, स्वस्थ्य जीवनको निर्माण गर्न सहयोग पु¥याउने बताउनुभयो ।

खेलकुदको माध्यमबाट चाँडो मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन सकिने हुँदा प्रत्येक स्थानीय वडामा खेलकुदको विकासका लागि महानगरपालिकाले लगानी वृद्धि गर्ने बताउँदै उहाँले राज्यका हरेक निकायमा युवा वर्गलाई प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो ।

कामनपा वडा नं १४ की सदस्य रश्मी खड्काले अबका युवालाई सीपमूलक शिक्षा तथा तालीम प्रदान गरी व्यावसायिक बनाउनुपर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष मोहनकुमार बस्नेतले सरकारले युवामैत्री कार्यक्रम ल्याउन नसकेकामा चिन्ता व्यक्त गर्दै मुलुकको सामाजिक रुपान्तरणका लागि युवा वर्गलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा समग्र जनसंख्याको करिब ४० प्रतिशत युवा रहेको भए पनि वर्षेनी पाँच लाख ३८ हजार युवा रोजगारीका लागि विदेशिने गरेको सरकारी तथ्याँक छ ।

संयुक्त राष्ट्रसंघको ४५औँ साधारणसभाले सन् १९९९ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा भने सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts