Friday, August 4, 2017

ट्रमा सेन्टरका प्रा डा गिरी स्वास्थ्य मन्त्रालय सरुवा

काठमाडौँ, २० साउन । स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखमा प्रा डा श्रीकृष्ण गिरी नियुक्त हुनुभएको छ ।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार मन्त्रिस्तरीय निर्णयबाट ट्रमा सेन्टरका हाडजोर्नी विभाग प्रमुख हाडजोर्नी विशेषज्ञ प्रा डा गिरीलाई बिहीबार मन्त्रालयमा सरुवा गर्नुभएको हो । उहाँले आजदेखि मन्त्रालयमा जिम्मेवारी सम्भाल्ने बताइएको छ ।

यसअघि सो महाशाखामा प्रमुखमा डा भोगेन्द्रराज डोटेल हुनुहुन्थ्यो । हाल डोटेलको कुनै जिम्मेबारी नतोकिएको मन्त्रालयले जनाएको छ । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts