Friday, August 4, 2017

नदीमा बगेका वृद्ध मृतावस्थामा फेला

कञ्चनपुर, २० साउन । बाढी आएको चौधर नदी तर्ने क्रममा बगेर बेपत्ता भएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुरका अन्दाजी ७२ वर्षीय साधुराम खुनाको शव आज बिहान फेला परेको छ । बिहीबार साँझ घरतर्फ जानका लागि नदी तर्ने क्रममा खुना बगेर बेपत्ता भएका थिए ।

खोजतलासमा जुटेको प्रहरी चौकी सिसैयाका प्रहरी हबल्दार दलसिं बोहराको टोलीले आज बिहान ६ बजे बगेको स्थानभन्दा २०० मिटर पर बगरमा खुनालाई मृतावस्थामा फेला पारेको छ ।

उनको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल लैजाने तयारी भइरहेको प्रहरी चौकी सिसैयाले जनाएको छ । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts