Tuesday, August 15, 2017

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

उर्लाबारी (मोरङ), ३२ साउन । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलाबारी–९ का ३२ वर्षीय समिर कार्की रहेका छन् । बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खान पुग्दा चालक कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts