Tuesday, August 15, 2017

द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल

काठमाडौँ, ३१ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग बेलायती सेनाका नवनियुक्त मेजर जनरल डि एफ क्याप्स सिबिईले आज शिष्टाचार भेट गर्नुभएको छ ।

जंगी अड्डामा भएको सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts