Monday, August 28, 2017

‘बिपी साहित्य सम्मान’ सुवेदीलाई

काठमाडौँ, १२ भदौ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई दिने निर्णय गरेको छ ।

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा रु एक लाख एक हजार राशिको बिपी साहित्य सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य सर्वश्री बलदेव शर्मा मजगैया, डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिको सर्वसम्मतिबाट सो निर्णय गरिएको हो ।

त्यसरी नै ट्रष्टले प्रदान गर्ने यसवर्षको सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु¥याउने दाङका तीर्थराज चैतुलाई दिने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

दुवै पुरस्कार यही भदौ २४ गते बिपी जयन्तीको अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रदान गरिने ट्रस्टले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts