Wednesday, August 23, 2017

बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी

बनियानी (झापा), ७ भदौ । झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई हजार ४७८ जना बाढीपीडितको स्वास्थ्य परीक्षण गरिएको छ । ‘अधिकांशमा छाला, श्वासप्रश्वासका कारण थाहा हुन नसकेको ज्वरोको समस्या देखिएको छ’, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरेका छौँ ।”

आम्दा अस्पताल दमक, नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

झापा गाउँपालिकाको चार स्थान, कचनकवलको दुई, गौरीगञ्जको एक, बाह्रदशीको एक, गौरा दह नगरपालिकाको दुई र शिवसताक्षी नगरपालिकाको एक स्थानमा शिविर सञ्चालन गरिसकेको जनस्वास्थ्य झापाले जनाएको छ ।

महामारी नियन्त्रणमा आइसकेकाले भोलि (बिहीबार)सम्म मात्र स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अधिकृत पौडेलले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts