Tuesday, August 15, 2017

पूर्वउपप्रधानमन्त्री निधि अस्पताल भर्ना

काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना हुनुभएको छ ।

सोमबार राति अचानक पेट दुखेपछि निधिलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । नेता निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टर राहुल पाठकले जानकारी दिनुभयो ।

नेता निधिको भोलि (बुधबार) बिहान इन्डोस्कोपी गरिने भएको छ । डाक्टर पाठकका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts