Monday, August 7, 2017

समयमा उपचार नहुँदा सुत्केरीको ज्यान गयो

डडेल्धुरा, २४ साउन । डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।

आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पु¥याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।

परशुराम नगरपालिका वडा नं ६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि सुत्केरी व्यथा बढिरहेको अवस्थामा धनगढी सिफारिस गरी पठाएको जोगबुढा अस्पतालले जनाएको छ । पुष्पाको धनगढी नपुग्दै बाटोमा नै मृत्यु भएको उनका आफन्तको भनाइ छ ।

पुष्पालाई आइतबार बेलुकादेखि नै सुत्केरी व्यथा लाग्दा जोगबुढा अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी व्यथा बढेसँगै उनलाई जोगबुढा अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै सिफारिस गरी पठाएकोे जनाएको छ ।

जोगबुढा अस्पतालको लापरबाहीका कारण समयमा उपचार हुन नपाउँदा पुष्पाको ज्यान गएको उनका आफन्तले आरोप लगाएका छन् । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts