Friday, August 18, 2017

फरार अपराधी पक्राउ

मेलम्ची, २ भदौ । सवारी ज्यान मुद्दामा १० वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला अदालतबाट २०६४ साल माघ १७ गतेको फैसलानुसार छ महिना कैद र रु दुई हजार जरिवाना सुनाइएका मेलम्ची नगरपालिका–१० शिखरपुरका ३४ वर्षीय रामबहादुर माझीलाईमेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । दोषी माझीलाई आइतबार अदालत बुझाइने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts