Sunday, August 20, 2017

बाढीले पशुचौपाया मरे

बनियानी (झापा), ४ भदौ एक साताअघि आएको बाढीमा परी जिल्लामा सयौँ पशुचौपाया मरेका छन् ।

बाढीमा दुई हजार सात सय ७९ पशुचौपायाको मृत्यु हुँदा रू ४३ लाखको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका छवि सुवेदीले जानकारी दिनुभयो ।
हालसम्म बाढीमा परी गाईगोरु २३ वटा, भैँसीराँगा १, खसीबाख्रा १०५, बंगुर ५६, बोइलर कुखुरा २२००, स्थानीय जातका कुखुरा ३८३ र हाँस ११ वटा मरेको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts