Thursday, August 24, 2017

सिर्जनाको नयाँ शाखा कटहरीमा

विराटनगर, ८ भदौ । सिर्जना फाइनान्स लिमिटेडले आजदेखि मोरङको कटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल र सो लिमिटेडका सञ्चालक डा प्रमोदकुमार झाले एक समारोहबीच सो शाखाको शुभारम्भ गर्नुभयो । मोरङ, सुनसरी र सप्तरी गरी तीन जिल्ला कार्य क्षेत्र भएको यस फाइनान्सको अब कटहरीसमेत गरी १९ वटा शाखा सञ्चालनमा आएको छ ।

सो अवसरमा सिर्जना फाइनान्सका कार्यकारी प्रमुख भवानीशंकर चापागाईंले यस फाइनान्सले २०७४ साल असारमा निक्षेप रु तीन अर्ब ३६ करोड संकलन गरी रु दुई अर्ब ७२ करोड कर्जा लगानी गरेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts