Saturday, August 12, 2017

एक घर पुरियो, दुई घर जोखिममा

रामपुर(पाल्पा), २८ साउन । गएरातिदेखि परेको अबिरल वर्षाले रामपुर नगरपालिका– १० मा एक घर पुरिएको छ भने दुई घर जोखिममा परेका छन् ।

कालीगण्डकी करिडोरको आडैमा रहेको दुर्गा मन्दिर टोलमा रहेको छमबहादुर आलेको घर पुरिएको हो ।

कालीगण्डकी करिडोरको बाटोमा खनिएको कच्ची नाली बाढीले भत्काउँदा घर पुरिएको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो ।बाढीले घर पुरिएपछि आलेको परिवार अहिले आफन्त र छिमेकीको शरणमा बसेका छन् ।

त्यस्तै सोही स्थानकै देवनाथ अधिकारी, भोलानाथ पाण्डेय र आनन्द पाण्डेको घर जोखिममा रहेको छ । कालीगण्डकी करिडोरले कच्ची नाली निर्माण गरेका कारण यहाँ क्षति हुन पुगेको हो । करिडोरको बाटोमा करिब पाँच मिटर चौडाइदेखि १० मिटर गहिराइसम्म पानीले खोलेको छ ।

यस क्षेत्रमा करिडोरको बाटोको नाली भत्किँदा करिब पाँच बिगाहा क्षेत्रफलमा लगाइएको धान पुरिएको कृषकले बताएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts