Monday, August 14, 2017

सडक सञ्चालनमा

नेपालगन्ज, ३० साउन । बाढीका कारण भत्किएको बाँकेको राप्ती–सोनारी गाउँपालिकाका गन्धैली र गाभर खोलाको पुल र सडकलाई अस्थायी तवरमा निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी र गन्धैलीमा आएको भेलले सो क्षेत्रको पुल र सडक भत्केर आवागमन ठप्प हुँदा वारिपारिका यात्रु बिचल्लीमा परेका थिए । पुल र सडकमा क्षति पुगेपछि तीन दिनदेखि आवगमन ठप्प भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग तथा अन्य निकायको संलग्नतामा सडक र पुल मर्मत गरी सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काप्mलेले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts