यसै वर्षको माघ ७ गतेभित्र सबै निर्वाचनहरु सम्पन्न गरिसक्नु पर्ने दबाब रहेको बर्तमान सरकारले आगामी मंशिर महिनामा प्रदेश सभा र संसदको निर्वाचन सम्पन्न गर्ने घोषणा गरेको छ ।
सोमबारट बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
३१ जिल्लामा पहिलो चरणमा र बाँकी जिल्लाहरुमा दोश्रो चरणमा गर्ने गरी निर्वाचन आयोगले मंशिर ४ गते र २१ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको भए पनि प्रमुख राजनीतिक दलहरुका सुझावका आधारमा सरकारले एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।
निर्वाचनको मिति घोषणा लगत्तै आफ्नो धारणा सार्वजनिक गर्दै एमालेले घोषणाको स्वागत गरेको छ भने निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक कानुन निर्माण गर्नु पर्ने कुरालाई जोड दिएको छ ।
उता सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंशिर १० मा दुबै तहको निर्वाचन गर्ने निर्णय भएको बताए ।
Monday, August 21, 2017
आगामी मंशिरमा प्रदेशसभा र संसदको निर्वाचन गर्ने सरकारको घोषणा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment