Saturday, August 12, 2017

जग्गा खरिदमा अनियमिता गर्नेलाई कारबाही गर्नुस्– जनमोर्चा

काठमाडौँ, २८ साउन । राष्ट्रिय जनमोर्चा नेपालले नेपाल आयल निगमको पछिल्लो जग्गा खरिदमा भएको घोटाला सम्बन्धमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएको छ ।

आपूर्ति मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष साध्यबहादुर भण्डारीले निगमले पेट्रोलियम पदार्थको भण्डार गर्ने नाममा झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा सरकारी ढुकुटीको व्यापक हिनामिना गरेको बताउनुभयो । ज्ञापनपत्रमा भनिएको छ– “सार्वजनिक लेखा समितिले छानबिन गरी व्यापक अनियमितता भएको ठहरसहित कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिइसकेको अवस्थामा मन्त्रालय मूकदर्शक भएर बस्नु भनेको गैरजिम्मेवारी हो ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts