Friday, August 11, 2017

रुपन्देहीमा पेट्रोल अभाव

लुम्बिनी, २७ साउन । पेट्रोलियम डिलर्स एशोसियसनमा आवद्ध व्यवसायीले पेट्रोल खरिद नगरेपछि रुपन्देहीलगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलको अभाव भएको छ ।

बिक्रेताको बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको अनुसारकै परिमाण प्राप्त हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका कारण बजारमा तेलको अभाव भएको हो ।

व्यवसायीले यही साउन २६ गतेदेखि पेट्रोल खरिद नगर्ने निर्णय गरेका थिए । पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियनले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै पेट्रोल खरिद नगरेपछि निजी पम्प बन्द छन् भने सरकारी पम्पमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ ।

साउन २६ गतेदेखि पेट्रोल खरिद नगर्ने तथा २९ गतेभित्रमा पनि माग पूरा नभए साउन २९ गतेदेखि पूर्णरुपमा डिजेल पेट्रोल खरिद नगर्ने पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनका जिल्ला अध्यक्ष प्रेम न्यौपानेले बताउनुभयो । आफ्ना माग सम्बोधन गर्न दिएको १५ दिनको म्याद सकिएपछि एसोशिएसनले केन्द्रीय समितिको आन्दोलनलाई साथ दिन लागेको हो ।

पेट्रोलियम व्यवसायीले सरकार समक्ष १२ बँुंदे माग पेश गरेको छ । विगत एक वर्षदेखि माग राखेपनि सरकारले चासो नदेखाउँदा बाध्य भएर पेट्रोल पम्प बन्द गर्नेसम्मका कार्यक्रम गर्नु परेको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts