Friday, August 18, 2017

मन्त्री मंसुर र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ, २ भदौ । श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरसँग नेपालका लागि संयुक्त अधिराज्य(बेलायत)का राजदूत रिचार्ड मोरिसले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा मन्त्री मंसुरले नेपाल र बेलायतबीच २०० वर्षअघिदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको स्मरण गर्दै नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा बेलायतले गरेको सहयोगको सराहना गर्नुभएको श्रम मन्त्रालयका प्रवक्ता भूवनप्रसाद आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत मोरिसले श्रम ऐन संसद्बाट पारित भएकामा खुशी व्यक्त गर्दै बेलायत सरकार मानव बेचबिखन, बाल श्रम निवारण एवं सुरक्षित श्रम आप्रवासका क्षेत्रमा नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

भेटमा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, मन्त्रालयका अधिकारीको समेत उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts