Friday, August 4, 2017

कुनै भारतीय उपराष्ट्रपतिको सल्लाहकार नरहेको

काठमाडौँ, २० साउन । उपराष्ट्रपति कार्यालयले कुनै भारतीय उपराष्ट्रपतिको सल्लाहकार नरहेको जनाउँदै त्यस्तो गलत प्रचारबाट भ्रममा नपर्न सबैमा आग्रह गरेको छ ।
उपराष्ट्रपतिको सचिवालयले आज प्रेस विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको सल्लाहकार रहेको भनी गलत प्रचार गरिरहेका ती भारतीयलाई आवश्यक कारबाहीका लागि उपराष्ट्रपति कार्यालयबाट परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको र निजलाई कानूनी कारबाही गर्न नेपाल सरकार र नेपालस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई अनुरोध गरिएको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts