Sunday, August 13, 2017

काँग्रेस सांसदको एक महिनाको तलब बाढीपीडितलाई

काठमाडौँ, २९ साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो पार्टीका २०७ सांसदको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले देशभित्र र देशबाहिर रहेका पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई बाढीपीडितको राहतका लागि पार्टीले स्थापना गर्ने राहत कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सांसदहरुले सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने र अन्य व्यक्तिले पार्टीले स्थापना गरेको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकले राहत तथा उद्धारमा जुट्न सरकारलाई आग्रह गर्नुका साथै पार्टी कार्यकर्तालाई पनि बाढी तथा पहिरो पीडितको उद्धारमा खटिन निर्देशन दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts