Friday, August 4, 2017

चट्याङ लागेर मृत्यु

धनगढी, २० साउन । कैलालीको पूर्वी क्षेत्रको जानकी गाउँपालिका–२ गदरिया गाउँमा बिहीबार चट्याङ लागेर घर नजिकैको खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङ लागेर १३ वर्षीया अनिता ठकुल्लाको मृत्यु भएको छ ।
घटनामा सोही ठाउँका १७ वर्षीया इन्द्रा ठकुल्ला, १९ वर्षीया विद्या ठकुल्ला र १४ वर्षीया डम्मरा ठकुल्ला घाइते भएकामा टीकापुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts