Friday, August 11, 2017

नेता नेपाल प्रजग कोरिया प्रस्थान

काठमाडौँ, २७ साउन । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल आज प्रजातान्त्रिक जनगणतन्त्र कोरिया प्रस्थान गर्नुभएको छ ।
प्रजग कोरिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो । ‘इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्तु’ नामक कार्यक्रममा सहभागी हुन नेपाल सांसदहरुको नेतृत्व गर्दै जानुभएको हो ।
टोलीमा नेकपा(माओवादी केन्द्र)का हरिबोल गजुरेल, नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद हुनुहुन्छ । टोली एक सातापछि स्वदेश फर्कने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts