Tuesday, August 15, 2017

महिला संघले तीज मनाउने खर्च बाढीपीडितलाई दिने

काठमाडौँ, ३२ साउन । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ ।

संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय गरेको हो । महिला संघले भदौ २ गते सम्पूर्ण महिला दिदीबहिनीलाई दर खुवाउने कार्यक्रम राखेको थियो ।

संघका अध्यक्ष उमा रेग्मीले बाढीपहिरोले तराई क्षेत्र डुबानमा परेको र हजारौँ मानिस विस्थापित हुन पुगेकाले संघले तीजका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो ।

संघले आफ्ना सम्पूर्ण कार्यकर्तालाई बाढीपीडितको उद्धार गरी उचित राहतको व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts