Tuesday, August 15, 2017

बाढीका कारण ठाउँ नपाएर आँगनमै दाहसंस्कार

गौशाला, ३१ साउन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ ।

जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्यु पछि आँगनमै दाहसंस्कार गरेका हुन् ।

गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए ।

बाढीका कारण घरबाट समेत निस्कने अवस्था नरहेको र गाउँको कुनै पनि ठाउँ वा वनसमेत सुख्खा नरहेको पाएपछि बुबा रामेश्वरलाई आँगनमै जलाएको कान्छा छोरा दिनेश चौधरीले बताए ।

बाढीको त्रास फैलिएका बेला रामेश्वरको हृदयाघातबाट घरमै मृत्यु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts