सोलुखुम्बु, ३ भदौ । सोलुखुम्बुको दुर्गमका विद्यालयमा पुस्तकालय सञ्चालनमा आएपछि बालबालिकाको आकर्षण बढ्दै गएको छ ।
सरकारी पाठ्यपुस्तक मात्र पढ्दै आएका दुर्गमका सरकारी विद्यालयमा अतिरिक्त पुस्तक पढ्न पाउँदा विद्यार्थीमा पढ्ने बानीमा विकास हुन थालेको विद्यालयले बताएका छन् ।
फिलर्स नेपालको सहयोगमा सोलुखुम्बुका छवटा विद्यालयमा पुस्तकसहितको पुस्तकालय तयार गरेपछि बालबालिकाले रमाइलोसँग पढ्न थालेका हुन् । गाउँगाउँमा रहेका विद्यालयमा कसरी राम्रो किताब पु¥याउन सकिन्छ भन्ने उद्देश्यले पहिलो चरणमा सोलुखुम्बुका छवटा विद्यालयलाई करिब ५०० थान किताब सहयोग गरेको संस्थाकी प्रमुख याङकी शेर्पाले जानकारी दिनुभयो ।
सोलुखुम्बु घर भएकी शेर्पाले ग्रामीण भेगका विद्यालयमा कक्षागतबाहेकका किताब उपलब्ध नहुने र विद्यार्थीले त्यस्ता किताब पढ्न नपाउने सुनेपछि आफूलाई सहयोग गर्न लागेको बताउनुभयो । भौगोलिक विकटताले गाउँका बालबालिका धेरै सुविधाबाट वञ्चित छन् जसमा आफूले चाहेजस्तो किताब पढ्न नपाउँदा विद्यार्थीको चौतर्फी विकासमा असर पर्दछ– उहाँले भन्नुभयो ।
विद्यालयमा विद्यार्थीको संख्या हेरि ५० देखि ८० थानसम्म किताब विद्यालयलाई प्रदान गरिएको छ । बालबालिकालाई लक्षित नेपाली र अङ्ग्रेजी भाषाका राम्रा राम्रा किताब विद्यालयलाई दिइएको शेर्पाले बताउनुभयो । रासस
Saturday, August 19, 2017
दुर्गमका छवटा विद्यालयमा निःशुल्क पुस्तक प्रदान
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment