Tuesday, August 15, 2017

मेयर कप फुटसल भदौ १० देखि

काठमाडौँ, ३१ साउन । युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ ।

डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ वटा वडालाई सहभागिताका लागि अनुरोध गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुरज केसीले बताउनुभयो ।

प्रतियोगितामा विजेता टोलीले रु एक लाख तथा उपविजेताले रु पचास हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र डिफेन्डर गरी तीन विधामा उत्कृष्ट घोषित हुनेलाई जनही रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । रासस, राजेन्द्र विश्वकर्मा (प्रशिक्षार्थी पत्रकार)

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts