Tuesday, August 22, 2017

प्रधानमन्त्री राहत कोषमा रु २५ लाख

काठमाडौँ, ६ भदौ । राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई रु २५ लाख प्रदान गरेको छ ।

सो संस्थाले यसअघि भूकम्पपीडितका लागि रु २५ लाख प्रदान गरेको थियो । ंउक्त रकम संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।

साउन २७ गतेदेखि २९ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका पीडितका लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी संघले मातहतमा रहेका केन्द्रीय सहकारी संघ राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत ३४ हजारभन्दा बढी प्रारम्भिक सहकारी संस्थालाई समेत सक्दो सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।

संघले जम्मा गरेको रकम राष्ट्रिय सहकारी बैंक लि शाखा कार्यालय बानेश्वरको खाता नं १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको दैवी प्रकोप उद्धार कोषको खाता नं १४२००–३४३५१–१० मा रकम जम्मा गर्न पनि आह्वान गरेको छ ।

संघका अध्यक्ष तथा सांसद केशव वडाल नेतृत्वको टोलीमा संघका उपाध्यक्ष तथा सांसद ओमदेवी मल्ल, सञ्चालक रवीन्द्र केसी, चन्द्र ढकाल, दक्ष पौडेल, शिवकुमार डाँगी, सूचना तथा प्रकाशन उपसमितिका सदस्य विपिन शर्मा, महाप्रबन्धक रामभजन शाह, नायब महाप्रबन्धक चित्राकुमार थाम्सुहाङ सुब्बा हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts