Thursday, September 21, 2017

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकपुरधाम, ५ असोज (रासस) ः स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी हुनुभयो ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार शेखका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले दुई हजार १८० मत र कार्कीका निकटम प्रतिद्वन्दद्वी रिंकी यादवले एक हजार ९६५ मत प्राप्त गर्नुभएको थियो ।
जनकपुर उपमहानगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका श्याम झाले २४० मत प्राप्त गर्नुभएको थियो ।
–––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts