इलाम, ५ असोज (रासस) ः इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका समाजसेवीले वडा कार्यालय स्थापनाका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
स्थानीय समाजसेवी टंकमाया बोहोरा र सरस्वती बोहोराले डेढ÷डेढ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।
वडाध्यक्ष टेकवीर लिम्बूको विशेष पहलमा करिब रु पाँच लाख पर्ने तीन रोपनी जग्गा वडा कार्यालयको नाममा पास भइसकेको छ । प्राप्त जग्गामा आगामी कात्तिक महिनादेखि भवन निर्माण प्रक्रिया अघि बढाइने वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
–––
No related posts.
No comments:
Post a Comment