Saturday, September 23, 2017

गुल्मीमा बोलेरो जिप दुर्घटना एकको मृत्यु

गुल्मी, ७ असोज (रासस)। गुल्मीमा जिप दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् । गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा११च ८८०३ नंको बोलेरो जिप रेसुङ्गा नगरपालिका–१३ स्थित भंगारी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परी जिपका चालक इस्मा गाउँपालिका–२ निवासी ३४ वर्षीय डम्मर कुँवर घाइते भएका छन् । घाइते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्या

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts